बाँके। नेपालगञ्ज–गुलरिया सडकखण्डको काम धमाधम भइरहेको छ। अहिले नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ।
तीन वर्षमा सम्पन्न गर्ने गरी गत वर्षदेखि सुरु भएको सडक निर्माणको काम करिब डेढ वर्षको अवधिमा ६५ प्रतिशत पूरा भएको छ।
सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो।
शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको ठेक्का जिम्मा पाएको हो।