नवलपरासी। नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ। दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर सडक अवरुद्ध भएको थियो।
सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो ।