लेखनाथ। कास्कीको फेवातालमा बिहीबार दिउँसो एक पर्यटकको उद्धार गरिएको छ। अचानक आएको हावाहुरीका कारण अलपत्र परिएकी एक पर्यटकको उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणको विशेष टोलीले अष्ट्रियाकी नागरिक २७ वर्षीया लाउरालाई उद्धार गरेको हो।
एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सेयर गर्नु निस्किएकी लाउरालाई पौने ५ बजे उद्धार गरिएको हो।