काठमाडौं। पृथ्वी राजमार्गको चाउथे चोकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटसम्मको डेढ किलोमिटरमा एकतर्फी कालोपत्रे गरिएको छ । पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत निर्माण कम्पनीले बिहीबार कालोपत्रे सुरु गरी शुक्रबार काम सकेको हो ।
शुक्रबारसम्म राजमार्गको पश्चिम खण्डमा एकतर्फी १८ किलोमिटर कालोपत्रे भएको छ । सडक विभागले आफूहरूलाई दिएको लक्ष्य पूरा भएको र अब वर्षापछि मात्रै कालोपत्रे गरिने निर्माण कम्पनीले जनाएको छ।
२०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको काम २०८१ भदौ १२ मा सक्नुपर्ने सम्झौता छ ।