दाङ। राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डको राम्रीदेखि कपुरकोटसम्म दैनिक ९ घण्टा बन्द भएको छ। विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म र राति ९ बजेदेखि मध्यरात १२ बजेसम्म दैनिक ९ घण्टा सडक बन्द भएको हो।
सडक जेठ ११ गतेदेखि जेठ २० गतेसम्म बन्द भएको हो। सडक चौडा गर्नका लागि राम्रीदेखि कपुरकोट सम्मको विभिन्न स्थानमा व्याक कटिङ गर्नुपर्ने भएकाले दैनिक ९ घण्टा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना जारी गरी जनाएको छ। ११ गतेदेखी आज २० गतेसम्म उक्त सडक बन्द गरिएको हो।