काठमाडौं। ललितपुरको लगनखेलमा रहेको लिच्छिविकालिन सप्तपाताल पोखरीको पुनर्निर्माण गरिने भएको छ। पोखरी पुनर्निर्माणका लागि प्रधान सेनापति प्रभुराम शर्मा र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गरिसकेका छन्।
नेपाली सेनाको राजदल गण अन्तर्गत रहेको पोखरीको पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
सेनाको राजदल गण र ललितपुर महानगरपालिकाबीच भएको समझदारी अनुसार झण्डै ४० रोपनि क्षेत्रफलमा फैलिएको पोखरीको पुनर्निर्माण स्मार्ट सिटी निर्माण अन्तर्गत कै कार्य भएको बताइएको छ।
सप्तपाताल पोखरीको पुनर्निर्माण आगामी ३ वर्ष भित्र सम्पन्न गर्ने योजना ललितपुर महानगरपालिकाले बनाएको छ ।