काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म बन्द गरिने भएको छ। कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने भएको हो।
विमानस्थलका अनुसार निर्माण कार्यको लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द गर्न लागिएको हो।
कात्तिक २३ गतेदेखि चैत १८ सम्म विमानस्थल राति बन्द गरिने नागरिक उड्डयन प्राधिकरण उच्च स्रोतले जनाएको छ। के मर्मत गर्न लागेको हो भन्नेबारे भने स्रोतले केही खेलाएको छैन।