काठमाडाैं। आज आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएकाे छ।
प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेशसभामा प्रदेशकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेकाे हाे।
प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।