काठमाडौं। न्युरोडको सडकका विषयमा सडक विभाग र नगर प्रहरीबिच विवाद भएको छ। काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेपछि विवाद भएको हो।
काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।
महानगरपालिकाले नमानेपछि आज बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गरिरहेको छ । सडक विभागले पिच गर्न थालेपछि काठमाडौं महानगरले नगर प्रहरी पठाएको थियो।
विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल भइरहेको छ ।