गोरखा। घ्याम्पेसाल–पाँचखुवा–देउराली–ताकुकोट सडक कालोपत्र गरिने भएको छ। भीमसेन थापा गाउँपालिकादेखि बारपाक सुलीकोट गाउँपालिकासम्म पुग्ने ८ किलोमिटर उक्त सडक कालोपत्र गर्न लागिएको हो।
वि.सं २०६३ सालमा ताकुकोट गाउँ विकास समितिले ट्रयाक मार्ग खुलाइएता पनि १८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालो पत्रे गर्न लागेको हो । कालोपत्रे हुने भएपछि ताकुकोटको स्थानीयलाई गोरखा सदरमुकामसम्म आवतजावत गर्न सहज हुने भएको छ । बारपाक सुलीकोट गाउँपालिकाको विशेष पहलमा प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको बजेट अन्तर्गत पूर्वाधार कार्यालय गोरखा मार्फत कालोपत्रे गर्न लागिएको हो ।