सुलीकोट। गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा बेलिब्रीज निर्माण भएको छ । पृथ्बीराजमार्ग अन्तर्गत चुम्लिङटार र गण्डकी गाउँपालिका जोड्ने गरी बेलिब्रीज निर्माण भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सेना साकारले जानकारी दिए।
उनका अनुसार २०७१ सालमा उक्त ठाउँमा पप्पु कन्ट्रक्सनले पक्की पुल निर्माणको जिम्मा लिएर पनि समयमै काम नसकिएपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्का आह्वान भइसकेको उनले बताए। पक्की पुल निर्माणमा ढिलाई भएपछि जलविद्युत्त आयोजनाको निर्माण सामग्री ढुवानीमा सहजताका लागि निर्माण कम्पनीले बेलिवृज निर्माण गरेको हो । अहिले ब्लु ईनर्जी प्रालिले १०० मेघावाटको सुपर त्रिशुली जलविद्युत्त आयोजना निर्माण गर्ने कम्पनीले ११ करोड रुपियाँ खर्च गरेर बेलिवृज निर्माण गरेको कम्पनीले जनाएको छ । जेठ मसान्तसम्म बेलिवृज निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको प्रालिले जनाएको छ ।
उक्त बेलिब्रीजको स्टील संरचना सडक विभागले उपलब्ध गराएको छ । त्रिशुली नदी माथि एक सय मिटरको बेलिबृजसँगै एप्रोच सडकलाई जोड्न २० मिटर लम्बाईको आरसिसि स्टक्चरको पुल बन्नेछ । उक्त बेलिवृज पुल निर्माण भएपछि गण्डकी गाउँपालिका सबै वडाका स्थानियबासीहरुलाई आजतजावतमा सहज तथा गण्डकी गाउँपालिकामा उत्पादन भएका तरकारीहरु किसानको घरमै व्यापारीहरु पुग्ने भएकाले व्यापार व्यवसायमा पनि बढ्ने विश्वास गरिएको गण्डकी गाउँपालिकाले जनाएको छ ।
पप्पु क्न्ट्रक्सनले पक्की पुल अलपत्र पारेको छोडेको ५० मिटर तल बेलिबेज निर्माण गरिएको ब्लु ईनर्जी प्रालिले जनाएको छ। गोरखापत्रबाट