सुलीकोट। गोरखाको सहिद लखन गाउँपालिका अन्तर्गत पर्ने नाम्जुङ – घैरुङ – ताक्लुङ – मनकामना जाने सडक खण्ड १२ दिनको लागि बन्द हुने भएको छ। सहिद लखन गाउँपालिकाको – वडा नम्बर ६ को खगी देखि वडा न ९ को छेलाङगीचोक सम्मको साँढे ३ किलोमिटर सडक खण्ड १० दिनको लागि बन्द हुने भएको हो।
सडक कालोपत्रे गर्ने काम भएकाले नाम्जुङ घैरुङ बतासे हुँदै मनकामनामा जाने सवारी आबागमनमा पूर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
जेठ २१ गते देखि जेठ ३२ गते सम्म नाम्जुङ देखि घैरुङ हुँदै मनकामना जाने सडक खण्ड बन्द हुने भएको छ ।