बारा। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया–हेटौँडा खण्डको २ किलोमिटरमा परीक्षणको रूपमा ‘नमुना सडक’ निर्माण गर्न थालिएको छ। आधुनिक प्रविधिको प्रयोग गरेर उच्च भारवाहन क्षमता भएको सवारी साधन गुड्ने सक्ने नमुना सडक निर्माण गर्न लागिएको हो।
भ्याटसहित ५ करोड लगानीमा चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी नमुना सडक निर्माणको काम थालिएको छ।
सरकारले तत्कालै पथलैया– भरतपुर करिब एकसय किलोमिटर सडकखण्ड विस्तार गर्न बजेट अभाव भएको कारण देखाउँदै २ किलोमिटर नमुनाको रूपमा निर्माण गर्न लागेको हो ।