सिमकोट। नेपाल एयरलाइन्सले सिमकोट–नेपालगञ्जको हवाई भाडादर घटाएको छ। एयरलाइन्सले आइतबारबाट लागू हुने गरी सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर घटाएको हो।
सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका जनताको लागि एयरलाइन्सले हवाई भाडादर घटाएको हो।
नेपाल एयरलाइन्स हुम्लाका प्रमुख बलबहादुर सुनारले अब सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर पाँच हजार ९१५ रुपैयाँ कायम भएको बताए।
यसअघि नेपाल एयरलाइन्सले सात हजार २१० रुपैयाँ भाडा लिने गर्थ्यो। हाल एयरलाइन्सले आइतबार, सोमबार, बिहीबार र शनिबार सहुलियत उडान भर्दै आएको छ।