फाइल तस्बिर
नवलपरासी पूर्व। महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । दाउन्नेदेखि केही तल कल्भर्टमा फसेको गाडी निकाल्न नसक्दा बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको हो।
राजमार्ग अवरुद्ध हुँदा त्यहा पूर्व–पश्चिम हिँडेका सयौँ गाडी रोकिएका छन्। राजमार्ग फराकिलो पार्न भत्काइएको सडक नबनाइएका कारण वर्षाद हुनासाथ हिलाम्मे भएका कारण आउजाउमा अवरोध हुने गरेको इलाका प्रहरी कार्यालय दुम्कीवासले जनाएको छ।