काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चिरा देखिएको धावनमार्ग मर्मत गरिएको छ। बिहीबार साँझ ४ः५५ बजेदेखि ६ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बन्द गरेर धावनमार्ग मर्मत गरिएको हो।
मर्मतपछि सबै उडान तथा अवतरण ६ बजेदेखि सञ्चालनमा आएका थिए।
यसअघि यही जेठ ११ गते पनि धावनमार्गको कोटेश्वरतर्फको भाग ०२ सी–डी–मा (क्य्राक) चिरा देखिएपछि उडान अवरुद्ध भएको थियो ।