काठमाण्डौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने भएको छ । दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हवाई उडानसँग सम्बद्ध सङ्कटकालीन योजना अनुसार पूर्ण सङ्कटकालीन अभ्यास गर्नुपर्ने भएकाले केही समय नियमित उडान प्रभावित हुने भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
परिकल्पना गरिएको घटनाअनुसार अभ्यासको क्रममा विमानस्थल परिसरमा कुनै वायुयान दुर्घटना भई आगलागी हुने जसको कारण विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लो देखिने र घटनाको प्रतिकार्यको लागि दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिने प्राधिकरणको सूचनामा उल्लेख छ ।
