म्याग्दी। कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको भौतिक प्रगति हालसम्म ८० प्रतिशत पुगेको छ। विसं २०७३ देखि निर्माण सुरु भएको आयोजनाको ८ वर्षमा ८० प्रतिशत कार्यप्रगति भएको हो।
१० अर्ब लागत अनुमान गरिएको यो सडक आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२/८३ सम्म लम्बाइएको छ । सडक र पुल निर्माणका लागि सात अर्बको ठेक्का सम्झौता भएकोमा हालसम्म छ अर्ब खर्च भएको आयोजनाले जनाएको छ।