बागलुङ। ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक स्तरोन्नती भएको छ। चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु ५० लाख र गण्डकी प्रदेश सरकारको रु ३० लाख लागतमा सडकको स्तरोन्नति गरिएको हो।
करिब २५ किलोमिटर रहेको यस सडकले निसीखोला गाउँपालिका २, ४ र ५ लाई जोडेको छ ।
मध्यपहाडि लोकमार्गको वैकल्पिक निर्माणका लागि आठ वर्ष अगाडि निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले रु दुई÷दुई लाख, अर्थ मन्त्रालयबाट ४० लाख, डोलीडारबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाखका लागतमा सडकको ट्रयाक खोलिएको थियो। यसभन्दा अगाडि निसीखोलाका कमै मात्र ग्रामीण क्षेत्रमा सडक पुगेका थिए। वैकल्पिक सडक निसीखोलावासीको ‘लाइफ लाइन’का रूपमा रहेको छ।