काठमाडौं। खच्चड फसेको कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ।
सोमबार अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिडाउँदा पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको उक्त पुलमा आवागमन बन्द गरिएको हो।
पुलबाट मानिस आवतजावत गर्न जोखिम रहेकाले तत्कालका लागि पुलको दुवै प्रवेश स्थानमा तारजाली लगाइ पुल प्रयोगमा रोक लगाइएको हो।