एजेन्सी। मलावीको हिमाली क्षेत्र चिकाङ्गावा हिमालय श्रृङ्खलामा विमान दुर्घटना भएको छ। उक्त विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ।
मलावीको राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेका छन्।
सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको उक्त सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो। साउलोस चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्व महान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए।
बाक्लो कुहिरो र जङ्गलका कारण विमान पत्ता लगाउने प्रयासमा बाधा पुगेको थियो । राष्ट्रपति लाजरस चकवेराले विमानको भग्नावशेष फेला परेको तर कोही पनि जीवित नभेटिएको बताएका छन् ।