काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भूउपग्रहमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन अघि बढाइएको छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली ९इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम) (आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि जडान गर्न सम्भाव्यता अध्ययन भइरहेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै एक अर्ब रुपियाँ खर्चेर जडान गरेको आइएलएस उपकरण अन्तरदेशीय उडानमा देखिएको समस्याका कारण सञ्चालनमा आउन नसकेपछि यसको विकल्पमा भूउपग्रहमा आधारित आरएनपी–एआर प्रविधि जडान गर्ने तयारी भइरहेको छ ।
गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आरएनपी–एआर प्रविधिबाट पनि आइएलएस प्रविधिजत्तिकै कमजोर भिजिबिलिटीमा उडान अवतरण गर्न सकिने छ । गोरखापत्रअनलाइनबाट