संखुवासभा। सङ्खुवासभाको खाँदबारी–नुम सडकखण्डको ठूलोढुङ्गा अरुणथानमा वर्षाका कारण क्षति पुगेको छ।उत्तरदक्षिण कोशी सडक आयोजनाअन्तर्गतको उक्त सडकखण्डमा वर्षाले कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको हो।
खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको आयोजनाले जनाएको छ।
वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।