काठमाडौं। थानकोट–चित्लाङ सडकखण्ड विस्तार कार्य धमाधम भइरहेकाे छ। सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्ने काम गरिरहेकाे हाे।
उक्त कार्यका लाग आगामी असार २० गतेसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बाटाे समेत बन्द गरिएकाे छ।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले गत माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न आठ करोड विनियोजन गरेको थियो ।