सिन्धुपाल्चोक। ब्रह्मायणी नदीस्थित माथ्लो ढाँडे आले देउराली झोलुङ्गे पुल निर्माण गरिएको छ। ५६ मिटरको पुल निर्माण गरिएको हो।
नवनिर्माण पुलको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले उद्घाटन गरेका छन्। कुल ३४ लाख ९१ हजार ४७ रुपियाँ ५० पैसामा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको हो।
पुल निर्माण भएपछि जुगल गापा–१ र ५ नम्बरका हजारौं हिमाली क्षेत्रका स्थानीयलाई सहज भएको छ। उक्त पुलबाट ३१६ घर लाभन्वित हुनेछन्।