मनाङ। मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा एक नेपाली पर्यटकको मृत्यु भएको छ । उनको लेक लागेर मृत्यु भएको हो।
मृत्यु हुनेमा धादिङको गङ्गा–जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी छन्।
अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको बताइएको छ।