स्याङ्जा। जिल्लाको अर्जुन चौपारी–३ घट्टे खोलामा निर्माण सुरु भएको पाँच महिनामा पुल निर्माण सम्पन्न भएको छ।सङ्घीय सरकारको ५० लाख र पालिकाको साढे चार लाख लागतमा मोटरेबल पुल निर्माण भएको हो ।
अगेरे भगेरे निर्माण सेवाले एक वर्षमा काम सक्ने गरी गत पुस १२ गते सम्झौता गरेकोमा फागुन १ गतेबाट पुल निर्माणको काम सुरु गरेको थियो ।
निर्माण कम्पनीले टेन्डर रकममा २७ प्रतिशत छाडेर एक करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा निर्माण गरेको हो ।
अहिले पुलको मुख्य काम सकेर दुई छेउको पहुँच मार्ग निर्माण गर्ने काम भइरहेको छ।
निर्माण व्यवसायी युवराज गुरुङले निर्माण गर्ने आँधा समय रहे पनि सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै चाडै पुल बनाएको बताएका छन्। पुल नहुँदा बर्सादको समयमा जोखिम मोल्नु पर्ने तथा थप दुई घण्टा लामो यात्रा गर्नु पर्ने अवस्था रहेको थियो ।