अछाम। पहिरोका कारण साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिक पहिरो जाँदन सोमबार रातिदेखि सडक अवरुद्ध भएको हो।
स्थानीय तहसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भए लगत्तै राती नै उक्त स्थानमा घुगुरकोट प्रहरी चौकीबाट प्रहरी खटिए पनि एस्काभेटरले पहिरो पन्छाउनु पर्ने भएकोले राती नै सम्भव नभएको बताइएको छ ।
सडक अवरुद्ध भएसँग बाजुरा जिल्ला जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन् ।