सोलुखुम्बु। लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प छ। मौसम प्रतिकूलताका कारण गत जेठ २६ गतेदेखि उक्त विमानस्थलमा हवाइ उडान रोकिएको हो।
जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक समस्यामा परेका छन्।
अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।
लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर बताइएको छ।