चितवन। चितवनको माडीमा दुई करोड लगानिमा फुडल्याण्ड सञ्चालनमा ल्याइएको छ। माडी नगरपालिका–६, बाँदरमुढेमा फिरोज शेख नामका स्थानीय युवकले ‘फुडल्याण्ड रेष्टुरेन्ट बार एण्ड पार्टी प्यालेस’ सञ्चालमा ल्याएका हुन्।
सञ्चालक शेखका अनुसार फुडल्याण्ड दुई सय जना क्षमताको छ। फुडल्याण्डको सफ्ट ओपनिङ भइसकेको छ भने सबै संरचना निर्माण गरिसक्दा करिब दुई करोड खर्च हुने सञ्चालकको भनाइ छ।
चार कठ्ठा ५ धुर जमिनमा प्रशस्त पार्किङ सुविधासहित खोलिएको फुडल्याण्डमा समयसमयमा लाइभ म्युजिक कार्यक्रम पनि गरिन्छ। पार्टी प्यालेसमा सबै किसिमका शुभकार्य गर्न सकिने यस फुडल्याण्डले माडिमा राम्रो सेवा प्रदान गर्ने विश्वास छ।
लामो समय होटलमा काम गरेका शेखले आफैँ उद्यमी बन्ने उद्देश्यका साथ फुडल्याण्ड सञ्चालन गरेको बताएका छन्।