खोटाङ। मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका दुई वटा पुल निर्माण सम्पन्न भएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र मझुवागढी–६ नेर्पास्थित मेवाखोला पुलको काम तोकिएको समय अघिनै सम्पन्न भएको हो ।
विसं २०८१ असार २२ गते दुवै मोटरेबल पुलको काम सक्नेगरी विसं २०७९ असार २२ गते निर्माण कम्पनीले सडक विभागसँग ७ करोड ७४ लाखमा सम्झौता गरेको थियो। तर असार लाग्नु अघिनै निर्माण कम्पनीले पुल निर्माणको काम पूरा गरी सञ्चालनमा समेत आइसकेको छ।