म्याग्दी। म्याग्दी जिल्लाको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर कालोपत्र सडकले जोडिएको छ। बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो।
सडक कालोपत्र भएपछि बाबियाचौरदेखि म्याग्दीको सदरमुकाम बेनीबजार २० मिनेटमा पुग्न सकिने भएको छ । बेनी बजारबाट १२ दशमलव पाँच किलोमिटर मंगला गाउँपालिका–२ सिमसम्म कालोपत्र गरिएको छ। सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत–बाबियाचौर– लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म पुर्याएको छ।
सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग रु १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो।