चितवन। श्री एयरलाइन्सले काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ। एयरलाइन्सले आज बिहान काठमाडौंबाट भरतपुर उडान परीक्षण सफलता पूर्वक सम्पन्न गरेको हो।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाण्डौंबाट भरतपुर आएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको श्री एयरलाइन्सले जनाएको छ।
उडान परीक्षणका क्रममा कुनै समस्या नभएको बताइएको छ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान भर्ने तयारीमा श्री एयरलाइन्स रहेको छ ।