पोखरा। गण्डकी प्रदेश सरकारको लगानीमा ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन्। १० वटा झोलुङ्गे पुल निर्माणाधीन छन्।
प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ। प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा छन्।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पुर्याउन नदी तथा खोलामा झोलुङ्गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ।