फाइल तस्बिर
भक्तपुर। भक्तपुरको नलिनचोकस्थित हेलिपोर्ट पूर्णरुपमा सञ्चालनमा आएको छ। निर्माण सम्पन्न भएको करिब ६ महिनापछि हेलिपोर्ट सञ्चालनमा ल्याउन लागिएको हो।
तत्कालका लागि १२ वटा हेलिकोप्टरले उडान भर्ने गरी हेलिपोर्ट सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले करिब ३० करोड लगानीमा ६ महिनाअघि ३३ रोपनी क्षेत्रफलमा निर्माण सम्पन्न गरी परीक्षण उडान गरिसकेको छ। अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको हुँदा सुरक्षित र द्रूत सेवाका लागि भन्दै प्राधिकरणले आफ्नै जग्गामा हेलिपोर्ट निर्माण गरेको हो।