काठमाडौं। नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खसेर अवरुद्ध भएको सडक चार घण्टापछि सञ्चालनमा आएको हो।
गए राति १ः३० बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो। पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।