काठमाडौं। श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ । अमेरिकाबाट क्यानडा–इजिप्ट–ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको हो।
एयरलाइन्सले डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन एन–एओएम को ८० सिटे विमान थपेको हो ।
श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड भएको छ।
८० सिटको क्यु ४००–८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सले जनाएको छ।