चितवन। बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने भएको छ। ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो।
धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको थियो। बुद्ध एयर भरतपुरले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको बताएको छ।
धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने बताउदैँ जहाजले काठमाडौंबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौं जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ।