काठमाडौं। झापाको खण्डको ६ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु गरिएको छ। करिब साढे १५ करोड लगातमा कालोपत्रे गर्न सुरु गरिएको हो।
सडक डिभिजन कार्यालय दमकका अनुसार पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको हो।
सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् ।