काठमाडौं। नाग्म–गमगडी सडक निर्माणका लागि यातायात सेवा बन्द गरिने भएको छ। निर्माणाधीन नाग्म–गमगडी सडक खण्डको कनकासुन्दरी गाउँपालिकाको हाँटसिंजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले यातायात बन्द हुने भएको हो ।
सडक डिभिजन जुम्लाले शुक्रबार सूचना जारी निर्माणाधीन नाग्म–गमगढी सडक खण्ड (कनकासुन्दरी गाउँपालिका, जुम्ला) को चेनेज ३७ सय किमि सडक चौडाई गर्न यातायात बन्द हुने जनाएको छ।
उक्त सडक खण्डमा असार ९ गतेदेखि आगामी असार २३ गतेसम्म १५ दिन बिहान ५ः३० बजेदेखि बिहान १०ः०० बजेसम्म र दिउँसो १ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी आवागमन बन्द गरिने सडक डिभिजन जुम्लाले जनाएको छ।