बागलुङ। बागलुङ-म्याग्दी जोड्ने सडक कालोपत्रे गरिएको छ। बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो ।
२०७८ कात्तिक मसान्तसम्म सक्नेगरी विसं २०७६ मा कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले यस वर्ष बल्ल कालोपत्र गरेको हो।
दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको हो।
हटिया बजारबाट ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म कालोपत्र गर्ने लक्ष्य लिए पनि जमधारा भन्ने स्थानसम्म मात्रै काम गरिएको छ । कम्पनीले रु २८ करोडमा जिम्मा लिएको थियो ।
गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले १९ वर्ष अगाडि स्थानीयले चन्दा उठाएर निर्माण गरेको सडक अहिले कालोपत्रे भएको बताए।