काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा विद्युत उत्पादन क्षमता साढे २८ हजार मेगावाट पुर्याउने लक्ष्य रहेको बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूले मन्त्रालयका आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै सोमबार मन्त्री बस्नेतले आगामी १२ वर्षमा विद्युत् उत्पादन क्षमता २८ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य राखिएको बताएका हुन्।
उनले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्याउने लक्ष्य हरेको समेत बताएका छन्।
निजी क्षेत्रलाई विद्युत् व्यापारमा संलग्न गराउन सरकारले कानुनी व्यवस्था गरेको पनि उनले जानकारी दिए।
उत्पादन, प्रसारण, निर्माण, वितरण प्रणालीमा सुधार र विस्तार, आन्तरिक खपत वृद्धि, बचत विद्युत् निर्यात व्यापारको एकीकृत रोडम्याप र कार्ययोजना नै आफूहरुको ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना रहेको मन्त्री बस्नेतले बताए ।