काँक्रेविहार। निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी–सल्यानको सल्लीबजार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुंगामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यो सडक भेरी करिडोरसँग जोडिने गर्दछ । सडकमा खसेको ढुंगामाटो हटाउने काम भइरहेको बताइएको छ।