काठमाडौं। म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति गर्न सुरु गरिएको छ। उक्त सडक डेढ दशकपछि स्तरोन्नति गर्न सुरु गरिएको हो।
सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ।
गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो।
माछापुच्छ्रे–हिमालयन जेभी सँग रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरिएको छ।