काठमाडौं। अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । आज बिहान साढे ६ बजेतिर सडक भासिएको हो।
सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधन समेत प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले सडक अहिले एकतर्फी खुलाइएको जानकारी दिए ।
सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ ।