बारा। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया–अम्लेखगञ्ज सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ। ‘नमुना सडक’ को रुपमा पथलैया–अम्लेखगञ्ज सडकको दुई किलोमिटर क्षेत्र कालोपत्रे भएको हो।
२०८१ जेठमा सक्नुपर्ने गरी सडक डिभिजन कार्यालय हेटौँडा र चौधरी निर्माण सेवा जनकपुरबिच २०८० माघ २२ गते सडक निर्माणका लागि सम्झौता भएको थियो।
भ्याटसहित ५ करोड लगानीमा निर्माण भइरहेको सडकको काम सम्झौताको पाँच महिनापछि मात्र सुरु भएको हो।
२ लेनको सडक खण्ड मध्ये एक लेनको काम सम्पन्न भइसकेको र बाँकी काम असार १५ गतेभित्र सम्पन्न हुने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।