रुकुमपश्चिम। मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ । बिहीबार बेलुका रुकुमपश्चिमको मुसिकोट नगरपालिका ८ किटनीमा पहिरो जाँदा बाटो अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा रुकुमपश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाडौँ जाने यातायातका साधनहरू रोकिएको बताइएको छ।
रुकुम पूर्वबाट पनि रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधनहरू रोकिएका छन् ।
बिहीबार राती भएकोले पहिरो पन्छाउन कठिनाइ देखिएको र आज बिहानै पहिरो हटाउनको लागी एक्स्काभेटर त्यसतर्फ गएको छ ।