काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानबिन गर्न संसदीय उपसमिति गठन गरिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंका गर्दै छानबिनका लागि उपसमिति गठन गरेको हो।
छानबिन गर्न राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा सदस्यहरु अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहालसहित १२ जनाको उपसमिति गठन गरिएको हो।
विमानस्थल आयोजना २०७८ मा सम्पन्न गर्ने २२ अर्ब लागतमा २०७४ मा सम्झौता भएको थियो । लेखा समितिले उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न समय दिएको छ ।