काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमबन्धी छानबिन गर्न उपसमिति गठन गरिएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेकपा एमाले सचिव योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन गरेको हो।
उपसमिति सदस्यमा च्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, बिक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी छन् ।
लेखा समितिले उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न समय दिएको छ ।
२०७४ पुसभित्र सम्पन्न गर्ने गरी ३० अर्ब ९१ करोडमा निर्माण सम्झौता भएको विमानस्थलको निर्माण कार्य २०७१ माघ १ मा सुरु भएको थियो । निर्माण अवधि लम्बिँदा लागत बढेर ३५ अर्ब ६६ करोडमा निर्माण सम्पन्न भएको थियो भने ०७९ जेठदेखि विमानस्थल सञ्चालनमा आएको थियो । अहिले विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।