वीरेन्द्रनगर। वर्षाले आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोलाबीचको सडक अवरुद्ध भएको हो ।
दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।